मन्त्री अधिकारीको बाहेक अरुको शव सनाखत हुन नसक्ने अवस्थामा « Eglish Khabarhub

मन्त्री अधिकारीको बाहेक अरुको शव सनाखत हुन नसक्ने अवस्थामा



काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएका पर्यटनमन्त्री सहित सात जनामा ६ जनाको शव सनाखत हुन नसक्ने अवस्थामा रहेको छ ।

गृहमन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा रहेपनि अन्य ६ जनाको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको जानकारी दिएको छ ।

मन्त्री अधिकारीले लगाएको लुगाको आधारमा अधिकारीको शव पहिचान गर्न सक्ने अवस्थामा रहेको बताइएको छ ।

उद्दारको लागि नेपाली सेनाको दुईवटा र एयर डाइनिस्टि र सिम्रिक एयर गएपनि मौसम खराबीको कारण अवतरणमा कठिनाई भएको छ । सेनाको हेलिकप्टर दुर्घटनास्थलबाट दुईघण्टा टाढा अवरतण भएको गृहमन्त्रालयले जनाएको छ ।

हिउँ परेको कारण शव ल्याउन कठिनाई हुने गृहमन्त्रालयले जनाएको छ ।

Publish on: