काठमाडौँ। हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संकृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रविन्द्र अधिकारी सहित साता जनाको श्रद्धाञ्जली राजधानी काठमाडौको टुडिखेलमा भइरहेकाे छ ।
श्रद्धाञ्जलि दि राष्ट्रपति विद्यादेवी भणडारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायत धेरैको सङख्यामा नेता तथा जनता पुगेका छन ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो । दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौँ ल्याई श्रद्धाञ्जलिका लागि अहिले टँुडिखेलमा राखिएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाएका छन ।
। नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन ।
दिवङ्गत मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरेका छन ।
SHARE YOUR THOUGHTS