१३०० बिलियन कमाउने लक्ष्यका साथ मुकेश आम्बानीको नयाँ प्रोजेक्ट, बजारमा कस्तो प्रभाव पर्ला ? « Eglish Khabarhub

१३०० बिलियन कमाउने लक्ष्यका साथ मुकेश आम्बानीको नयाँ प्रोजेक्ट, बजारमा कस्तो प्रभाव पर्ला ?



काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश आम्बानीले व्यवसायका अनेकन रुप अबलम्बन गरेका छन् ।

उनले ठूला कम्पनीदेखि साना साना व्यवसायमा समेत आफूलाई अब्बल सावित गर्दै लगेका छन् । तर उनलाई पछिल्लो पटक आफूले थप व्यवस्थित एवं भव्य रुपमा अगाडि बढाउन लागेको रिटेल व्यवसायका कारण परेसानीमा त पारिरहेको छैन भन्ने आशयको समाचार पनि बाहिरिएको छ ।

पछिल्लो एक विवरणमा जनाइएअनुसार रिलायन्स इन्डस्ट्रिजले खुद्रा व्यापारमा समेत हाल हाल्ने योजना बनाएको र त्यसमा कुनै पनि खालको हैरानी त हुने होइन भन्ने आशंका व्यक्त गरिएको छ । आगामी समरदेखि उनले खुद्रा व्यापारमा समेत आफूलाई उभ्याउने प्रयास गर्न लागेको विवरणहरुमा जनाइएको छ ।

उनले आफ्नो कम्पनी रिलायन्स जियोको व्यापार उच्च भएपछि साधारण शेयरको बारेमा समेत सोचिरहेको बताइन्छ ।

तर त्यस्तो विषयमा केही गर्ने कि नगर्ने भन्नेमा तत्कालै निर्णय लिइहाल्न पनि एक खालको समस्या त हुने होइन भन्ने दुविधा देखिएको छ ।

विवरणहरुमा जनाइएअनुसार रिलायन्स जियोका एक प्रवक्ताले भनेका छन् कम्पनीले मिडियामा तत्काल नै कुनै पनि प्रकारको कमेन्ट दिने पक्षमा छैन । आगामी समगरमा रिलायन्स जियोको आइपिओ आउँछ कि आउँदैन भन्ने बारेमा अनुमानका अनेकन खबरहरु आएका छन् ।

बजारमा यसअघि नै रिलायन्स जियो सबैभन्दा ठूलो कम्पनीको रुपमा चित्रित भइसकेको छ । आगामी महिना पब्लिकमा लिस्टिङ हुने विषय पनि त्यसमा जोडिएको छ ।

रिलायन्स रिटेल सबैभन्दा सफल कम्पनीको रुपमा आगामी दिनमा स्थापित हुने विषयमा कुने समस्या छैन । यो हुने नैछ । अरविन्द सिंघलले भनेका छन् । रिलायन्स रिटेलका अध्यक्ष एवम् प्रबन्ध निर्देशक तथा त्यसको व्यवस्थापन हेर्ने परामर्शदाता टेक्नोपाकका तर्फबाट सिंघलले भनेका छन् ।

‘आगामी १० वर्षमा हामी एउटा तहमा पुग्ने छौं, बिना कुनै ठूलो परिमाणमा आर्थिक लगानी नै । यो साँच्चै अविस्मरणीय नै हुनेछ,’ उनले भनेका छन् ।

हामी आगामी जुन वा जुलाईसम्म कम्पनीको रुपमा लिस्टिङ गर्ने छौं । यो एक प्रकारको देखिने कम्पनी हुनेछ । उनले थपे अर्को वर्ष त्यसको मूल्यांकनका आधारमा हेर्ने हो भने त्यो थप उत्तम र अग्रगामी समेत हुनेछ ।

भारतको रिटेल मार्केट युवा तथा अत्यन्तै महत्वाकाक्षी मानिसहरुले केन्द्रीत गरेका छन् । उनीहरुले नै त्यसलाई डाइभ गर्ने गरेका छन् । आधुनिक, संस्थागत व्यापार र इ कमर्सले परम्परागत बजारलाई पर धकेलिदिएको छ । ठूला शहरमा नयाँ प्रकारको व्यापारले ठाँउ पाउनेछ ।

रिटेल कन्सल्टेन्सीका टेक्नोपाकले हालै गरेको एक स्टिमेटमा त्यस्तो बजारको साइज ७५० बिलियन रहेको देखाएको छ । त्यो बढ्दै जाँदा आगामी ५ वर्षमा १३०० बिलियन हुने देखाएको छ ।

बजारमा अझै पनि ठूलो हिस्सा सर्भिसका क्षेत्रमा पछाडि परेको छ । तर बजारले उनीहरुलाई अझै पनि ठूलो अवसर दिन सक्छ । उनीहरुले सजिलैसँग तिर्न सक्ने अवस्था पनि छैन । बजारमा अनेकन खालका चुनौती छन् । उपभोक्तालाई सहज सेवा दिने विषय पनि गाह्रो छ ।

रिलायन्स रिटेल २००६ मा नै सुरु गरिएको हो । विद्युतीय सामग्री, पेशन, ग्रोसरी र फ्रेस पडक्टको व्यापार सुरु गरिएको हो । जियो प्याइन्ट नाम दिइएका त्यस्ता बजारमा मोबाइल फोन र अन्य सामग्रीको व्यापार हुने गरेको छ । त्यस्ता बजारमा अनलाइनबाट पनि कारोवार हुने गरेको छ ।

सन् २०१८ को मार्च सम्ममा कम्पनीले ९ हजार ९०७ वटा स्टोर खडा गरेको थियो । त्यसबाट १०.६ बिलियन कमाएको थियो । यसले व्याज र कर मात्रै ३१७ मिलियन तिर्नेछ ।

राधाकिसन दमानी नै भारतको रिटेल बजारको बादशाहका रुमपा परिचित थिए सन् २०१७ सम्म । सन् २०१७ को मार्च पछि उनको कम्पनी डिमार्ट चेन सुपर मार्केटले आइपिओमा गयो । कूल १५५ स्टोरले कूल रुपमा १२० मिलियन कमायो र २ बिलियन राजश्व मात्रै तिरेको थियो ।

यस्तै रिटेकलका पायनियर किशोरी वियानीको फ्यूचर रिटेललका १०३५ स्टोर रहेका छन् ३२१ शहरमा । जसको नेट कमाई १.७ मिलयिन र राजश्व मात्रै २.८ बिलियन तिरेको थियो ।

ठुलो नेटवर्क भएको रिलायन्स रिटेलले ठूलो फायदा दिनेछ । साना साना बजार तथा ठूला बजारमा समेत हिस्सा बढाउनेछ । भारतको सबैभन्दा स्वीट स्पटको रुपमा विकास हुनेछ ।

गत महिना अम्बानीले घोषणा गरेका थिए रिलायन्स रिटेल र रिलायन्स जियो प्लेटफर्म संयुक्त रुपमा अगाडि आउनेछ । नयाँ इ कमर्स प्लेटफर्मको रुपमा देशभर नै यसले व्यापार सुरु गर्नेछ ।

अमेजन, वालमार्ट, फिल्पकार्ट जस्तै हामी पनि आउने छौं । रणनीतिको एउटा हिस्सामध्ये थोक युनिट खडा गरेर वितरण गरिनेछ ।

Publish on: