आशा लघुवित्तद्वारा सीपमूलक तालिम सम्पन्न « Eglish Khabarhub

आशा लघुवित्तद्वारा सीपमूलक तालिम सम्पन्न



काठमाडौ । आशा लघुवित्त वित्तीले सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय सर्लाहीको शाखा कार्यालयमा आबद्ध ६० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख महेश कोइरालाले तालिमले त्यस क्षेत्रका महिला सदस्यहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन । उक्त तालिमबाट सहभागीहरुले कम लागतमा सर्फ उत्पादन गर्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका छन ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धिका लागि संस्था क्रियाशील रहने विचार व्यक्त समेत व्यक्त गरेका छन ।  तालिम कार्यक्रममा वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएका हुन ।

Publish on: