सेयर बजारमा देखिन थाल्यो सुस्त सुधार « Eglish Khabarhub

सेयर बजारमा देखिन थाल्यो सुस्त सुधार



काठमाडौं । सेयर बजारमा सामान्य सुधारको संकेत देखिएको छ । नेप्से मापन गर्ने सूचक २.०७ अंकले बढेर परिसूचक ११४०.७२ बिन्दुमा रोकिएको छ ।

यो दिन १७१ कम्पनीको ८ लाख ८२ हजार ८८५ कित्ता सेयर २१ करोड ५१ लाख २१ हजार ५८० रुपैयाँमा किनबेच भएको छ । दश उप समूहको कारोबारमा माइक्रोफाइनान्स बाहेक सबैमा हरियाली छाएको छ । माइक्रोफाइनान्सको ५.१२ अंकले घटेको छ ।

यस्तै बैंकिङ १.१६, होटल १.९४, जलविद्युत ३.२२, निर्जीबन बीमा कम्पनी २४.१९, उत्पादन तथा प्रशोधन ११.०६, अन्य ५.४२ र जीवन बीमा समूहको सूचक ०.५८ अंकले बढेको छ ।

यो दिन कारोबार रकमको आधारमा नेपाल बंगलादेशको संस्थापक सेयर बढी किनबेच भएको छ । यो १ करोड ५८ लाख ३१ हजार ४८० रुपैयाँमा किनबेच भएको छ भने दोस्रो र तेस्रोमा क्रमशः एनएमबी बैंक र माथिल्लो तामाकोशी रहेका छन् ।

Publish on: