काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सेयर कारोबारका लागि एक घन्टा २० मिनेट समय थप गरेको छ ।
ब्रोकरको हार्डवयेरमा समस्या आएपनि १ घन्टा २० मिनेट कारोबार हुन सकेको थिएन । कारोबार हुन नसकेकोले समयावधि थप भएको नेप्सेका उपप्रबन्धक निरञ्जन फुँयालले बताए । अहिले उक्त हार्डवयेरमा देखिएको समस्या समाधान भएको उनको भनाई छ । ब्रोकरहरुको हार्डवेयरमा समस्या हुँदा नेप्से र उनीहरुको डाटा कनेक्सन टुलमा समस्या देखिएको थियो ।
यस अघि नै नेप्सेले ब्रोकर प्रणाली (टिएमएस) होस्टिंग भएको डाटा सेन्टर (डाटा हब) को राउटर, फायरवालमा समस्या आएकोले सम्पूर्ण ब्रोकरहरुले प्रणालीमा लगइन हुन नसकेले कारोबार सुचारु हुन नसकेको जनाएको छ । आज लगानीकर्ताहरुले ६ बजेसम्म कारोबार गर्न सक्नेछन ।
SHARE YOUR THOUGHTS