सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्दै « Eglish Khabarhub

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्दै



काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने केही प्रगति देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक १.८९ अंकले बढेर परिसूचक ११४२.६१ बिन्दुमा रोकिएको छ ।

यो दिन १६६ कम्पनीको २२ लाख २६ हजार ८५० कित्ता सेयर ४८ करोड ६६ लाख ४१ हजार ०७९ रुपैयाँको कारोबार भएको छ । कारोबारमा दश वटा उप–समूहको कारोबार भएको छ ।

जसमा जलविद्युत ०.०९, निर्जीबन बीमा कम्पनी १९.४२, उत्पादन तथा प्रशोधन ०.३६ र अन्य ०.६४ अंकले घटेको छ । बाँकी सबैको कारोबारमा हरियाली देखिएको छ । सबै भन्दा बढी जीनब बीम ३९.२५, होटल १७.११, माइक्रोफाइनान्स ५.१४, बैंकिङ १.५३ अंकले बढेको छ ।

यो दिन कारोबार रकमका आधारमा लक्ष्मी बैंक अग्रस्थानमा देखिएको छ । बैंकको २६ करोड ६६ लाख ३९ हजार ५७१ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा शिवम् सिमेन्ट र एनएमबी बैंक रहेका छन् ।

कारोबारमा किसान माइक्रोफाइनान्स वित्तीय संस्था, अपी पावर कम्वनी,  राधी विद्युत कम्पनी, विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले कमाएका छन भने यूनिभर्सल पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स कन्काइ विकास बैंक, जानकी फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् ।

Publish on: