“लक्ष्मी हातमा देव दर्शन शिवमको साथमा” उपभोक्ता योजना अन्तर्गत अन्तिम चरणको १०१ भाग्यशाली कुपन विजेता मार्फत २०२ जना विजेताहरुको नाम लक्की–ड्र गरी सार्वजनिक गरिएको छ ।
यस अघिनै पहिलो, दोस्रो, तेस्रो र चौथो चरणको लक्की–ड्र गरी ४८० जना छनौटमा परिसकेका थिए । यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं–गोसा
कुड–काठमाडौं हेलिकप्टर मार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।
यस अन्तिम चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारहरुको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण गरी पुर्वको इटहरीबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरिको थियो । यस अघिनै काठमाडौं, हेटौंडा, जनकपुरमा र पोखरामा भएको लक्की–ड्र मा ४८२
जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरि सकेका छन् ।
यस योजना अन्र्तगत जम्मा ४८२ जना भाग्यशाली विजेताको छनौट गर्नुपर्ने भए तापनि उपभोक्ताहरुको उत्साहजनक सहभागिताका कारण काठमाडौं–गोसाईकुण्ड यात्रा अन्र्तगत २०२ जना थप गरिएको थियो ।
गत पुस ५ देखि फल्गुन अन्त्यसम्म संचालित उक्त देव दर्शन योजनामा विभिन्न चरणको लक्की–ड्र मार्फत छानीएका जम्मा ६८४ जना भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुण्ड–काठमाडौं यात्रा गर्ने अवसर प्राप्त गरेका छन् । उक्त विजेताहरुका नामावली शिवम् सिमेन्टको आधिकारीक फेसबुक फेजमा पनि राखिने छ ।
शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार १ सय रुपैयाँदेखि १ हजार नगद र २.५० ग्राम देखि १० ग्रामसुनसम्म समावेश थियो ।
SHARE YOUR THOUGHTS