यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविर सम्पन्न « Eglish Khabarhub

यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविर सम्पन्न



काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रालि र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ शिविर टायल घर स्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ ।

स्वास्थ सेवा तथा समयमै उपचार प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो । स्वास्थ उपचार बाट कोही पनि नागरिक बञ्चित हुन नपरोस भन्ने धेयका साथ सो कार्यक्रम आयोजना गरेको यूनाइटेड सिमेन्ट्सले जनाएको छ ।

सो स्वास्थ शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उप प्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष सा“इला राई तथा विभिन्न राजनितिक पार्टीका प्रतिनीधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।

धुनिवेशी नगरपालिका अन्तर्गत विभिन्न ठाउ“बाट लगभग ५ सय ५० भन्दा बढि नागरिक यो शिविर बाट लाभान्वित भएका छन । सो शिविरमा मुख्य रुपमा आ“खा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो । नगर स्वास्थ प्रमुख शिवहरि भट्ट लगायत विभिन्न स्वास्थ संस्थाबाट १५ जना भन्दा बढि स्वास्थ कर्मीको उपस्थिति रहेको सो शिविरमा उल्लेख्य रुपमा बिरामीहरुको उपस्थिति रहेको र एकदमै उत्तम शैलीमा सेवा प्रदान गर्न सकिएकोमा नगरवासी धेरै नै हर्षित भएको जानकारी वडा अध्यक्ष राईले गराउनु भएको थियो ।

यूनाइटेड सिमेन्ट्सले यस्ता सामाजिक कार्य विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका विनोद कुमार न्यौपानेले बताए । अघिल्लो साल पनि शिक्षाको क्षेत्रमा यहि वडाका विभिन्न सरकारी विद्यालयमा यूनाइटेड सिमेन्ट्सले शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो साथै अघिल्लो साल नै एम्बुलेन्स तथा एम्बुलेन्स सेवा संचालनका लागि आर्थिक सहयोग पनियूनाइटेडले उपलब्ध गराएको थियो । स्वास्थ, शिक्षा, खाने पानी जस्ता आधारभूत कुराहरुमा कुनै पनि सम्झौता नगरि यूनाइटेडले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यको निरन्तरता दिइ रहने प्रतिवद्घता प्रेस विज्ञप्ती द्वारा जानकारी गराएको छ ।

Publish on: