बुधबारदेखि तातोपानी नाका खुल्दै, ४ कन्टेनर खासा प्रस्थान « Eglish Khabarhub

बुधबारदेखि तातोपानी नाका खुल्दै, ४ कन्टेनर खासा प्रस्थान



काठमाडौं । तातोपानी नाका खुल्ने अन्तिम तयारी भएपछि आज मात्रै नेपाल चीन मितेरी पुल हुँदै आज बिहान ४ वटा कन्टेनर खासा प्रस्थान गरेको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण अवरुद्ध भएको तातोपानी नाका यही जेठ १५ गते बुधबारदेखि खुल्ने भएको छ ।

नाका खुलाउन नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हनुे बताइएको छ । अन्य कार्यक्रमका बारेमा केही बताइएको छैन ।

आज खासा प्रस्थान गरेका कन्टेनरले ऊन बोकेर नेपाल आउने भएका छन् ।

सरकारी अधिकारी तथा स्थानीय व्यवसायीका अनुसार बुधबार सांकेतिक रुपमा ६ वटा कन्टेनरबाट सामान ल्याएर नाका खुलेको औपचारिक घोषणा गरिनेछ ।

सरकारले नाका सञ्चालनका लागि भन्दै अध्यागमन कार्यालय र भन्सार कार्यालय स्थापना गरिसकेको छ । यस्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको छुटटा छुट्टै युनिट पनि स्थापना भइसकेको छ ।

Publish on: