काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले आवेदन गरेको ९ हजार पदको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।
लोकसेवा आगोगले केही दिन अगाडि ९ हजार पदमा विज्ञापन गरेको थियो ।
सोमबार राज्य व्यवस्था समितिको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पन्डित समेत सहभागी थिए ।
सत्ता पक्षका सांसद्हरुले नै लोकसेवा निकालेको आवेदन समावेशी सिद्दान्त तथा संविधान विपरित भएको बताएका थिए ।
संसदीय समितिले संवैधानिक निकायले निर्देशन दिन सक्ने व्यवस्थामा टेकेर राज्य व्यवस्थाले लोकसेवाले निकालेको आवेदन रद्द गर्न भनेको हो ।
SHARE YOUR THOUGHTS