काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको बैंकिङ दक्षिण एसिया कै सुदृढ बैंकिङ प्रणाली भएको बताएका छन् । निक्षेप तथा कर्जा संरक्षण कोषको भवन शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन । उनले देशको क्रेडिट रेटिङपछि यसमा अझै विश्वास बढ्दै जाने तर्क गरे ।
मन्त्री डा. खतिवडाले नेपाली बैंक राम्रो भएकाले विदेशी बैंकहरुले पनि ऋण पत्याउन थालेको उल्लेख गरे । बैंकको क्षमता बढाउने, बैंकको कारोबार कढाउने, बैंकको व्यवस्थापनमा सुधार गर्ने पारदर्शिता ल्याउने, निश्क्रिय रूपले अनुपात घटाउने, केही परिसुचकरू पालना गराउने जस्ता कामले नेपाली बैंक राम्रो भएको उनको धारणा छ ।
नेपालका बैंकहरुमा निश्कृय कर्जा १ प्रतिशतको हाराहारीमा रहेको र सम्पूर्ण परिसूचक राम्रा रहेको उनको भनाई छ ।
‘चाहे त्यो पुँजी र निक्षेपको अनुपात होस वा अन्य सूचक नै किन नसोस सबै राम्रो छन् यी लगायतका कारण बैंकिङ प्रणाली स्वस्थ्य हुँदै आएको हो’ मन्त्री खतिवडाले भने ।
कुनै पनि बैंकमा निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना भएपछि बैंकको निक्षेप डुब्यो भन्नु पर्ने अवस्थाको अन्त्य भएको उनको तर्क छ । पछिल्लो १० वर्षमा कुनै पनि बैंकको काउन्टरमा निक्षेप कर्ताले निक्षेप लिन भिड लागेको दृश्य नदेखिएको दाबी गरे ।
कोष एक प्रकारको बीमा भएकाले जोखिमको विश्लेषण गर्न आग्रह गरेका छन् ।
प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाहमा जोखिम हुने भएकाले त्यो जोखिम व्यवस्थापन गर्न कर्जाको बीमा गर्ने अभिप्रायले संस्था स्थापना गरेको मन्त्री खतिवडाले जानकारी गराए ।
उनले भने ‘जुन बेला प्राथमिकता प्राप्त क्षेत्रमा बैकहरुले गर्न उत्साहित थिएनन्, त्यो समयमा साना किसाना, साना व्यवसायीलाई ऋण दिने व्यवस्था थिएन, त्यो समयमा संस्था स्थापना भएको हो ।’
नेपालमा विपन्न वर्गका मान्छे धेरै छन, बैंकिङ पहुँच भन्दा बाहिर धेरै मान्छे रहेको र उनीहरुलाई बैंकिङ सेवा सुनिश्चित गर्न विपन्न वर्ग कर्जा कार्यक्रम सुरु गरेको पनि जानकारी गराए ।
SHARE YOUR THOUGHTS