काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १३ जना विरुद्ध २४ करोड ८० लाख ९५ हजार ११६ रुपैयाँ घोटाला भएको भन्दै विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ ।
महानिर्देशक कर्णसहितले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ पटकमा ४ वटा मापदण्ड नपुगेका प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा उक्त रकम अनियमितता गरेको भन्दै आयोगले मुद्दा दायर गरेको जनाएको छ ।
आयोजका अनुसार आर्थिक अनियमिमता गर्नेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्ण, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेश प्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल र प्रुडियन्ट मेडिटेक इन्टरनेशनलका प्रतिनिधि प्रविण कुँवरलाई मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार भ्यान खरिद गरी कार्यालयमा दाखिला नभएको र नियम कानूनलाई आफू अनुकूल प्रयोग गरी कमिशन लिएको आयोगले जनाएको छ । आयोगका अनुसार भ्यानको स्वीकृत मापदण्ड नपुगी सार्वजनिक ऐन नियमको उल्लंघन गरी अनियमितता गरेको विषयमा छानबिन गरी पाउँ भन्ने समेत व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा उक्त घोटालाद भएको आयोगले जनाएको छ ।
SHARE YOUR THOUGHTS