आजदेखि मन्त्रीहरुले जवाफ दिने « Eglish Khabarhub

आजदेखि मन्त्रीहरुले जवाफ दिने



काठमाडौं । आर्थिक वर्ष २०७६÷७७ को बजेटमाथि भएको छलफलको कार्यक्रम सकिएपछि शुक्रबारदेखि विभिन्न मन्त्रालयका मन्त्रिहरुले बजेटबारे जवाफ दिने भएका छन् ।

विभिन्न मन्त्रिहरुले आ–आफ्नो मन्त्रालय अनुसार शुक्रबारदेखि जवाफ दिने कार्यक्रम छ । जसमध्ये शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, यूवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका मन्त्रीहरुले बजेटबारे जवाफ दिनेछन् ।

त्यस्तै, आइतबार अर्थमन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, आइतबार नै उद्योग वाणिज्य तथा आपूर्ती, संघीय मामिला तथा सामान्य प्रशासन र कानून न्याय तथा संसदीय मामिला मन्त्रीले बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रीले जवाफ दिनेछन् । त्यस्तै, सोमबार नै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र र गृह मन्त्रालयका मन्त्रीहरुले बजेटबारे उठेका प्रश्नहरुलाई मन्त्रालयका आधारमा जवाफ दिनेछन् ।

त्यस्तै, मंगलबार स्वास्थ्य तथा जनसंख्या, रक्षा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।

मंगलबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय शीर्षक बजेटको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

मन्त्रीहरुले जवाफ दिने कार्यक्रम सकिएपछि विधेयक पारितका लागि प्रक्रिया अगाडि बढ्नेछ । विनियोजनित विधेयक असार मसान्तसम्म पारित भइसक्नुपर्ने छ ।

Publish on: