काठमाडौं । प्रभु बैंक लिमिटेड र अर्विट मेडिकल इन्ट्रान्सबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमति पत्र अनुसार अर्विट मेडिकल इन्ट्रान्सको प्रभु बैक आधिकारीक बैक बनेको छ ।
अब उक्त कम्पनीसंग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिश भइ आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैकको सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट, टीटी, अनलाइन पेमेन्ट, ड्राफ्ट आदिका माध्यमबाट गरिने टोफल, आइइएलटीएस, पिटिइ, सिएइ, स्याट, जिआरइ, जिम्याट, ट्युसन फी आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्व सुलभ तरिकाबाट कर्जा उपलब्ध हुनेछ ।
उक्त सम्झौतालाई अझ सुव्यवस्थित गर्नको लागि बैकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ । बैकको उक्त कार्यबाट धैरे भन्दा धैरे बिदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरु तथा तिनका आश्रीतहरु लाभान्भित हुने अपेक्षा गरीएको छ ।
SHARE YOUR THOUGHTS