काठमाडौं भ्यूटावर निर्माण गर्न लागेका भेटवाल हुण्डी कारोबार संलग्न, राजस्व अनुसन्धानले दायर गर्यो मुद्दा « Eglish Khabarhub

काठमाडौं भ्यूटावर निर्माण गर्न लागेका भेटवाल हुण्डी कारोबार संलग्न, राजस्व अनुसन्धानले दायर गर्यो मुद्दा



काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गर्ने जिम्मा पाएको स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका संचालक मनोज भेटवाल हुण्डी कारोबारी रहेको भेटिएको छ ।

राजस्व अनुसन्धान विभागले भेटुवाल सहित चारजनालाई विदेशी विनिमय अपचलन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

निशा गुरुङले सिंगापुरबाट आफन्त र साथीहरुको पैसा बैंकिङ प्रणालीमा नल्याएर हुण्डी मार्फत ल्याएर भ्युटावरमा लगानी गरेको भेटिएको छ ।

गुरुङले राजकुमार बिष्ट र शिवकुमार बिष्टको सहयोगमा भेटुवालको कम्पनीमा लगानी गरेका थिए । विभागले यी चारजना विरुद्द मुद्दा दायर गरेको हो ।

रकम बरामत भएका व्यक्ति बिष्ट गुरुङका कर्मचारी हुन् । विभागले ४ करोड ६० लाख बिगो कायम राखेर तीनगुणा सजाय बढी माग राख्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

काठमाडौं भ्युटावरको निर्माण अलपत्र छ ।

Publish on: