नेपाल बैंकको नाफा १८ प्रतिशतले घट्यो, प्रति सेयर आम्दानी कति ? « Eglish Khabarhub

नेपाल बैंकको नाफा १८ प्रतिशतले घट्यो, प्रति सेयर आम्दानी कति ?



काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा आईपुग्दा बैंकको नाफा लगायतका परिसूचकहरु निरासाजनक रहेका छन् ।

यो अवधिमा आईपुग्दा बैंकको नाफामा १८.७७ प्रतिशत गिरावट आएर २ अर्ब ६१ करोड १९ लाख ८० हजार ८८२ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकले नाफा ३ अर्ब २१ करोड ५६ लाख ८१ हजार ९८५ रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको नाफामात्र नभएर खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा समेत गिरावट देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ३.२६ प्रतिशतले घटेर ६ अर्ब १७ करोड ९१ लाख ३१ हजार ७७३ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा ६ अर्ब ३८ करोड ७७ लाख ४६ हजार ५८ रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन मुनाफा ६.१९ प्रतिशतले घटेर ४ अर्ब ५४ करोड ८६ लाख २९ हजार ८६५ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा ४ अर्ब ८४ करोड ८७ लाख ८२ हजार ५७६ रुपैयाँ रहेको थियो ।

९ अर्ब ८१ करोड ११ लाख ४८ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ३४ करोड ५३ लाख ३२ हजार ८५७ रुपैयाँ रहेको छ । १ खर्ब १७ अर्ब २० करोड ७ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९२ अर्ब ४१ करोड ४० लाख ६४ हजार ४५४ रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.३७ प्रतिशतबाट घटेर २.५८ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ १५ रहेको बैंकको प्रतिसेयर नेटवर्थ ३०० रुपैयाँ ५ पैसा रहेको छ ।

Publish on: