काठमाडौं । वैदेशिक रोजगारीका क्रममा निधन भएका नागरिकका सन्ततीलाई सरकारले छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
श्रम रोजगार तथा सामाविक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार छत्रवृत्ति- २०७६ का लागि आवेदन माग गरेको छ ।
श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गइ करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रुपमा असक्त गम्भीर बिरामी भएका कामदारका बालबालिकालाई उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०७१ बमोजिम आगामी असोज मसान्तभित्र आवेदन दिन बोर्डले सम्बन्धितलाई आग्रह गरेको छ ।
श्रम स्वीकृति लिइ बैदेशिक रोजागरमा गइ मृत्यु अंगभंग भएकाका सन्ततीलाई शतप्रतिशत आर्थिक सहायता लिएका कामदार, सामूदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी गत असार मसान्तसम्म आर्थिक सहायता लिएकाको हकमा छात्रवृत्ति प्राप्त हुनेछ ।
कामदारको श्रम स्वीकृतिको निस्साको प्रतिलिपि निवेदकको संरक्षकको नागरिकतालगायतका कागजात प्रस्तुत गर्नुपर्नेछ । बोर्डले वार्षिक रुपमा आधारभूत तहका लागि ८ हजार रुपैयाँ र माध्यामिक तहका लागि १२ हजार रुपैयाँ छात्रवृत्ति दिइनेछ ।
SHARE YOUR THOUGHTS