काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १४ वटा नयाँ शाखा खोलेको छ । अर्थमन्त्री डा.युबराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२ जिल्लामा रहेका १४ वटा नयाँ शाखा डिजिटल प्रविधिबाट उद्घाटन गरे ।
उद्घाटन भएका नयां शाखाहरुमा झापा जिल्लाको वाह्रदशी गाउंपालिका वडा न ४ स्थित शाखा कार्यालय चकचकी, मोरङ्ग जिल्लाको धनपालथान गाउंपालिका वडा न. ४ स्थित शाखा कार्यालय कर्सिया, काठमाडौं जिल्लाको काठमाडौं म.न.पा.वडा न.३२ स्थित शाखा कार्यालय कोटेश्वर रहेका छन् ।
टोखा न.पा.वडा न ७ स्थित शाखा कार्यालय टोखा, तनहुं जिल्लाको शुक्लगण्डकी न.पा.वडा नं. ६ स्थित शाखा कार्यालय खैरेनीटार, गुल्मी जिल्लाको कालीगण्डकी गाउंपालिका वडा न.ं ४ स्थित शाखा कार्यालय पूर्तिघाट, नवलपुर जिल्लाको देवचुली न.पा. वडा नं. १६ स्थित शाखा कार्यालय टांगीकोट, कपिलबस्तु जिल्लाको शिवराज न.पा.वडा नं. ८ स्थित शाखा कार्यालय चन्द्रौटा, दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित शाखा कार्यालय घोराही, पर्सा जिल्लाको पोखरीया न.पा. वडा नं. ४ स्थित शाखा कार्यालय पोखरीयाबजार, मकवानपुर जिल्लाको भिमफेदी गाउंपालिका वडा नं. ६ स्थित शाखा कार्यालय भिमफेदी, महोत्तरी जिल्लाको बलवा न.पा वडा नं. ६ स्थित शाखा कार्यालय बलवाबजार, रौतहट जिल्लाको चन्द्रपुर न.पा. वडा नं. ४ स्थित शाखा कार्यालय चन्द्रपुर, महोत्तरी जिल्लाको पिपरा गाउंपालिका वडा नं. ४ स्थित शाखा कार्यालय पिपरा रहेका छन् ।
SHARE YOUR THOUGHTS