आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतम निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गरे ।
२३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गरे । ३ मत खसेन ।
त्यस्तै महासचिवमा सुजन ओली निर्वाचित भएका छन् । ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गरे । ओलीले १३५ र पौडेलले ९५ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथामार्फत निर्वाचित भइन् । प्रत्यासी ढकाल र विष्णु बेलबासेको ८३/८३ बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो । उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेलले ६७ मत ल्याएका थिए ।
त्यस्तै, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित भएका छन् । प्रत्यासी राजु चौधरीले ६५ र सागर घिमिरेले ७२ मत ल्याए ।
सदस्यमा विनय बञ्जारा (१७०), मुना कुँवर (१५२), सुजन ढुंगाना (१४८), हिमा विक (१३५) र कमला अर्यालले (१०७) मत ल्याएर विजयी भएका छन् ।
सदस्यमा जीवनकुमार बस्नेतले १०० र विपी पोख्रेलले ७५ मत ल्याएर पराजित भएका छन् ।
SHARE YOUR THOUGHTS