काठमाडौं । पछिल्ला दिनमा निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज मंगलबार पुनः बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले बढेर ७२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
सोमबार यसको मूल्य ७२ हजार रुपैयाँ थियो । नेपाली हिन्दु महिलाको पर्व तीजको दिन सोमबार स्थिर रहेको बजार आज भने पुनः वृद्धि भएको हो ।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले बढेर प्रतितोला ७२ हजार २०० रुपैयाँ पुगेको छ । सोमबार यसको मूल्य सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएर प्रतितोला ८९५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ८८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ५२८.५० अमेरिकी डलर पुगेको छ ।
SHARE YOUR THOUGHTS