काठमाडौं । क्लिकमाण्डूकर्मी सोभित थपलिया राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
बिहीबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आफ्नो नवौं स्थापना दिवसको अवसरमा थपलियालाई प्रमाण पत्र र नगद सहित सम्मान गरेको हो ।
कार्यक्रममा पूर्वअध्यक्ष डिल्ली सापकोटलाई सिजेएनको संस्थागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
पत्रकारितामार्फत सहकारी अभियानको प्रबद्र्धन र सहकारी पत्रकारितामा उल्लेख्य योगदान पुर्याएको भन्दै थपलियालाई उक्त सम्मान गरिएको हो ।
थपलियालाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सम्मान गरिन् ।
SHARE YOUR THOUGHTS