काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा आश्चर्यजनक रुपमा कमी आएपछि खरिदकर्ताका लागि सहज भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १४ सय रुपैयाँले घटेर ७२ हजार रुपैयाँ कायम भएको छ ।
लगातार बढीरहेको सुनको मूल्यमा यसरी कमी आउँदा बजारमा सुन खरिद गर्नेका लागि निकै सहज भएको छ ।
भारतीय अर्थतन्त्र संकट पर्दा त्यसको प्रभाव भारतीय मुद्रामा परेको थियो । जसले गर्दा मुद्रा डलरको तुलनामा निकै कमजोर बनेको थियो । भारतीय मुद्रा कमजोर हुँदा नेपाली बजारमा सुनको भाउ आकासिएको थियो ।
त्यसबाहेक अमेरिका–चीनबीचको व्यापार युद्ध, जर्मनको कमजोर अर्थतन्त्रलगायतका विभिन्न कारणले अन्तर्राष्ट्रिय तथा भारतीय बजारमा सुनको मूल्यमा उतारचढाव आउँदा त्यसको असर नेपाली बजारमा पनि परेको थियो ।
शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ७०० कायम भएको छ भने चाँदी प्रतितोला ९०० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS