काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका उच्च पदाधिकारीहरुलाई सर्वोच्च अदालतले उपस्थितीका लागि बोलाएको छ । सर्वोच्चले बैंकिङ एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत, अधिकृत, सह–अधिकृत, सञ्चालक, प्रबन्धकलगायतका १६ जनालाई बैंकिङ कसुरको मुद्दामा छानबिनका लागि बोलाएको हो ।
जसमा बैंकिङ एण्ड फाइनान्सका तल्कालिन उच्च अधिकारीहरु प्रमुख कार्यकारी अधिकृत दीपकराज शर्मा, सञ्चालक समितिका अध्यक्ष विज्ञानप्रसाद पौडेल, अधिकृत रिना तण्डुकार, अधिकृत सम्झना श्रेष्ठ, अधिकृत शोभा श्रेष्ठ छन् ।
त्यस्तै, पूर्व प्रबन्धक सञ्चालक पवनकुमार कार्की, सञ्चालक सुष्मा केसी, सह–अधिकृत राजु शर्मा, प्रबन्धक प्रयाग श्रेष्ठ, सञ्चालक, सुधिर शर्मा लामिछाने, सञ्चालक सामेशा भण्डारी, सञ्चालक पे्रमरत्न तुलाधर, नायव महाप्रबन्धक झनकराज ढुङ्गेल, कम्पनी सचिव पुष्पाञ्जली पोखरेल र महाप्रबन्धक सुप्रभा श्रेष्ठलाई पनि अदालतले उपस्थित हुन भनेको छ ।
SHARE YOUR THOUGHTS