काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरा प्रकरण बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी पुरस्कृत भएका छन् ।
हाम्राकुरा डटकमका प्रधानसम्पादक समेत रहेका शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका हुन । नेपाली पत्रकारको अन्तराष्ट्रिय संजाल (ईन्जा)ले राजधानीमा आयोजित कार्यक्रममा पत्रकार शिवाकोटीलाई १ हजार अमेरिकी डरलसहित सम्मानित गरेको हो ।
शिवाकोटीले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि महराद्वारा भएको यौन दूव्र्यवहारलाई सञ्चारमाध्यम मार्फत बाहिर ल्याएका थिए । कार्यक्रममा मानव अधिकारवादी नेता कृष्ण पहाडीले प्रेस ठुलो शक्ति भएको भन्दै जोश र होसमा संयमित भएर काम गर्न आग्रह गरे ।
SHARE YOUR THOUGHTS