सोमवार देखी काठमाडौंमा रेजिलेन्ट इन्फ्रास्ट्रक्चर फर बेटर टुमरो सम्मेलन हुने « Eglish Khabarhub

सोमवार देखी काठमाडौंमा रेजिलेन्ट इन्फ्रास्ट्रक्चर फर बेटर टुमरो सम्मेलन हुने



नेपालमा बन्ने पूर्वाधार दिगो र बलियो हुनुपर्छ भन्ने उद्वेश्यका साथ सोमवार देखी काठमाडौंमा रेजिलेन्ट इन्फ्रास्ट्रक्चर फर बेटर टुमरो (उज्जल भविष्यका लागि दिगो पूर्वाधार) विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस (स्काफ) र राष्ट्रिय पुर्नर्निमाण प्रधिकरणको संयुक्त आयोजनामा होटल ¥याडीसनमा उक्त अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

नेपालको पूर्वाधार परामर्श क्षेत्रमा नयाँ आयाम थप गर्ने उद्देश्य सहित आयोजन हुन गईरहेको ३ दिने सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ, सरोकारवाला, नेपालका सरकारका विभिन्न निकायका प्रतिनिधी, परामर्शदाता, निर्माण व्यवसायी, ईन्जिनियर लगायतको सहभागिता रहने स्काफका महासचिव कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।

इन्जिनियरिङ, परामर्श र निर्माण क्षेत्रमा ज्ञान, सीप तथा नविनतम प्रविधि हस्तान्तरणबारे वृहत छलफल हुने सम्मेलन स्काफले आफ्नो २९ औं वाषिकोत्सवको अवसर पारेर आयोजना गर्न लागेको हो । यस किसिमको सम्मेलन स्काफले यस अघि सन् २००९ मा गरेको थियो ।
गोरखा भूकम्पले पारेको प्रभावलाई मूल्याङ्ककन गर्दै पूर्वाधार निर्माणमा पनि दिगोपनको आवश्यकता महसुस भएकाले उक्त सम्मेलनमा नेपाल सहित भारत, चिन, कोरीया, श्रीलङ्का, इङ्ल्याण्ड लगायतका १० देशका प्रतिनिधीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी प्रतिनिधी गरी कुल ४०० जनाले सहभागीता जनाउने स्काफले जनाएको छ ।
भौतिक पूर्वाधार क्षेत्रमा संल्गन विभिन्न निजी क्षेत्र एफक्यान, सोना, एनसेट, एनइए, डिन लगायतको सहकार्यमा आयोजना हुने रेजिलेन्ट इन्फ्रास्ट्रक्चर फर बेटर टुमरो विषयक अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ४ गते वुधवार घोषणपत्र जारी गर्दै सम्पन्न हुने छ ।

Publish on: