नयाँ कृषिमन्त्री भुसालले भने- परम्परागत कृषिले गणतन्त्रलाई थेग्न सक्दैन « Eglish Khabarhub

नयाँ कृषिमन्त्री भुसालले भने- परम्परागत कृषिले गणतन्त्रलाई थेग्न सक्दैन


५ मंसिर २०७६, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आफू कृषि प्राथमिकताको क्षेत्र भएकोले यही मन्त्रालयमा आएको बताएका छन् । पदभार ग्रहरण गर्नेक्रममा भुसालले आफ्नो चाहना पनि कृषि भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो मन्त्रालय आफ्नो प्राथमिकतामा रहेको र यहाँ जानु भनेर आफू यहाँ आएको बताए ।

‘मलाई पनि दबाब छ, मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यो निकै प्राथमिकताको मन्त्रालय हो, तपाई गइदिनु है भनेर आएको हो, यो सबै भन्दा प्राथमिकताको मन्त्रालय हो भनेर उहाँले नै भन्नु भएको छ,’ उनले भने ।

भुसालले कर्मचारीलाई कुनैसमस्या आए ती समस्यासँग आफू जुध्ने र त्यस्ता समस्यासँग चिन्तित नहुन आग्रह गरे ।

‘कुनै समस्या आयो भने ती समस्यासँग जुध्नेकाम मेरो भयो, म मेरो काम राम्रोसँग गर्छु, तपाईहरुबाट औपचारिकता हैन कामको अपेक्षा गरेको छु,’ उनले भने ।

उनले काम गर्दा परिणाम आउने गरी काम गर्नुको विकल्प नरहेको बताए । मन्त्री भूसालले आफू लोभ र डरले प्रभावित नहुने र कृषि क्षेत्रमा धेरै समस्या रहेको त्यो समस्या समाधानको काम गर्ने प्रतिवद्धता जनाए ।

दशकौं छलफल भए पनि अहिलेसम्म कृषि क्षेत्रमा देखिएको समस्या समाधान हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । यस विषयमा अध्ययन खोजी समेत भएको र त्यो खोजीलाई अघि बढाउने प्रयत्न आफूले गर्ने बताए ।

भुसालले अहिले कृषिमा परम्परागत श्रम नै रहेको र त्यसलाई मुक्त नगरिकन राजनीति परिवर्तन क्रान्तिको अर्थ नहुने तर्क गरे । परम्परागत कृषिमा अल्झिएर संघीय लोकतान्तिक गणतन्त्रलाई थेग्न नसकिने उनको बुझाइ छ । परम्परागत श्रमलाई मुक्त गर्नको लागि आफूले काम गर्ने उल्लेख गरे ।

‘मैले यो कुरा विगत १९ वर्षदेखि भन्दै आएको हो, यसले केही न केही अर्थ राख्छ नै,’ उनले भने ।

उनले आज पहिलो दिन भएकोले कुनै पनि निर्देशन नभएको र त्यसको लागि आफूले कुनै तयारी पनि नगरेको बताए । उनले आफू मन्त्री भएको खण्डमा कृषि मन्त्री नै बन्ने सोच रहेको बताए ।

‘मैले जे जानेको हो त्यही गर्छु, मैले जानेको काम गर्नु मेरो नैतिक दायित्व पनि हो,’ उनले भने ।

उनले अहिलेको अवस्थामा गुजारा श्रमलाई अन्त्य नगर्ने हो भने विकासको जतिसुकै गफ गरेपनि त्यसले अर्थ नराख्ने बताए ।

‘मैले २०५५/०५६ सालदेखि नै गुजारा श्रमलाई अन्त्य गर्नुपर्छ भन्दै आएको हुँ, मेरो पूर्वाग्रहको तहसम्म मलाई त्यो लाग्छ, मैले लेखेको, पढेको पनि यही नै हो, मैले यहाँ आएर कति काम गर्न सक्छु भन्ने कुरा पछि हेर्दै जाउँला, जति जति समय रहन्छु सबैको हितमा नै काम गर्छु,’ उनले भने ।

अहिले उत्पादन नबढाउने तर कुतखाने परम्पराले समस्या परेको भन्दै यसलाई हटाउन आवश्यक रहेको उल्लेख गरे । उत्पाद नबढाने, रोजगारी नबढाउने तर कुत खाने अर्थप्रणालीलाई ब्रेक लगाउनै पर्ने बताए । उनले ‘सबै ठाँउमा एकै पटक ब्रेक लगाउन सकिँदैन, हामी जुन ठाँउमा हुन्छौं, त्यहीबाट नै काम गर्ने हो,’ उनले भने ।

सरकारमा बस्नेहरु शुसानमा प्रतिबद्ध हुने हो भने विकासको काम अघि बढाउन सकिने र अब गल्ती गरिरहने प्रणालीबाट बाहिर नस्किनु पर्ने समय आएको बताए ।

मन्त्रालयमा आफू भएसम्म राजनीति कारणले कसैलाई काम गर्न असहज हुने बाताबरण नरहने बताए । उनले भने ‘म यो सरुवा बढुवालाई घृणा गर्ने मान्छे हुँ । मैले तपाईहरुबाट मन्त्रीलाई स्वागतदेखि बिदाईसम्म औपचारिक हुनु भन्दा पनि व्यवहारीक रुपमा काम होस भन्ने चाहना छ ।’

मन्त्रीले पदभार ग्रहण गरिरहेको समयमा निवर्तमान मन्त्री चक्रपाणी खनाल पनि आईपुगेका थिए । नवनियुक्त मन्त्री भुसालले खनालले गरेको कामको सफलतासँग टेक्ने र असफलतासँग खनालले शिक्षा दिनुपर्ने बताए ।

उनले भने ‘मलाई तपाईले यहाँ यस्तो भएको छ, अब यहाँ यसरी काम गर्नुभनेर ।’

भेटमा भुसालले खनाल आफूहरु दबवैजना बाहिर रहेको समेत बताए । खनालले आफू बाहिर रहेको बताइरहँदा भुसालले पनि आफू हिजो गाँउमा रहेको बताए । जाँदा जाँदै आफू पनि अढी बढी नै खुसी भएको भन्दै भूसाललाई अंकमाल गरे ।

मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले मन्त्री भुसालको कार्यकालमा सम्झनलायक काम गर्ने बताए । मन्त्री भुसालको सैद्दान्तिक सोचलाई व्यवहारमा उतार्ने र बौद्धिक नेतासँग काम गर्ने अवसर मिलेको बताए ।

अहिले कृषि क्षेत्रमा लागत धेरै उत्पादन कम रहेको जानकारी गराए । नेपाली कृषि उत्पादन विश्वमा ३ देशमा जाने गरेकोमा अन्य देशमा कसरी निर्यात बढाउन सकिन्छ भन्नेमा मन्त्रालय रहेको बताए ।

उलने भने ‘हामीले गर्नुपर्ने धेरै छ, हामीलाइए बजेटका अभाव छ, धेरै काम गर्ने छोरालाई हेप्ने प्रवृत्ति देखिएको छ ।’

उनले यस वर्षको चाडबाडमा ४ हजार हाराहारीमा खसीबोका आयात गरेको, तिहारको समयमा फूल, माला लगभग नेपाली उत्पादनले नै पुगेको तथ्याङक प्रस्तुत गरे । उनले अहिले नेपालमा ३० अर्ब बराबरको धान, चामल आयात गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने ‘मिनो, मसिनो, बास्नादार चामल खान थालेपनि हाम्रो आयात बढेको हो । अब हामीले पनि त्यस्तै खालको धान उत्पादन गर्ने कार्यक्रम ल्याएका छौं ।’

हाल नेपालमा धानको माग ६७ लाख ३५ हजार मेट्रिक टन भएपनि ५६ लाख १० हजार टन मात्रै उत्पादन भएको बताए । उनका अनुसार अहिले माछा केही आयात गर्नुपर्ने भएपनि अण्डा भने एक नेपालीले २ वटा उपभोग गरेपनि पुग्ने गरी उत्पालन भएको छ ।

कृषि मन्त्रालयले, भौतिक पूर्वाधार, उर्जा, अर्थ लगायतका मन्त्रालयसँग सहकार्य गरेर हिँड्नु परेकाले छिटो हिँड्न नसकिएको जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार ००:००  ४ : ३९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping