जग्गा प्लटिङ र गाडी किन्नको लागि बैंकले दिने ऋण रकम घट्यो « Eglish Khabarhub

जग्गा प्लटिङ र गाडी किन्नको लागि बैंकले दिने ऋण रकम घट्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले जग्गा खरिद तथा निजी सवारी साधन खरिदका लागि ऋण रकम घटेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा जग्गा प्लटिङका लागि दिएको ऋण ४.३ प्रतिशतले घटेको छ । व्यक्तिगत तर्फ गाडी किन्न दिएको ऋण १.७ प्रतिशतले घटेको छ ।
बैंकहरुले असार मसान्तसम्ममा जग्गा प्लटिङ गर्नको लागि २१ अर्ब ७२ करोड रुपैयाँ ऋण दिएका थिए । असोज मसान्तमा आइपुग्दा जग्गा प्लटिङका लागि दिएको ऋण २० अर्ब ७९ करोड रुपैयाँमा झरेको छ ।

यस्तै बैंकहरुले असार मसान्तसम्ममा ६४ अर्ब ३५ करोड रुपैयाँ व्यक्तिगत तर्फ सवारी साधन खरिदका लागि ऋण दिएका थिए । असोज मसान्तमा आइपुग्दा त्यो घटेर ६३ अर्ब २८ करोड रुपैयाँमा झरेको छ ।

जग्गा खरिदका लागि जाने ऋण घटेपनि घर निर्माणको लागि जाने ऋण रकम भने बढेको छ । जग्गा प्लटिङका लागि रोक लगाएको कारण यसमा जाने ऋण रकम घटेको हो ।
सवारी साधन तर्फ भने अघिल्लो वर्षको तुलनामा यो वर्ष सवारी साधनको आयात नै कम भएको छ । जसको कारण ऋण रकम घटेको हो ।

Publish on: