एनआरएनएको आग्रहः १० अर्बको लगानी भित्र्याउँछौं, सहजिकरण गरिदिनु « Eglish Khabarhub

एनआरएनएको आग्रहः १० अर्बको लगानी भित्र्याउँछौं, सहजिकरण गरिदिनु



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले नेपालमा ल्याउन लागेको १० अर्ब लगानी भित्र्याउनको लागि सहजिकरण गर्न आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटमा यस्तो आग्रह गरेका हुन । अध्यक्ष पन्तले नेपालको पूर्वाधार विकासका लागि एनआरएनएले १० अर्बको लगानी भित्र्याउने अभियानमा थप सहजीकरणका लागि परराष्ट्र मन्त्री ज्ञवाली मार्फत सरकारको ध्यानाकर्षण गराएको बताए ।

त्यस अवसरमा वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा राष्ट्र बैंकको तर्फबाट पनि योगदान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको उनको भनाई छ ।

यस्तै संसदमा विचराधिन गैरआवासीय नागरिकता सम्बन्धी विषयमा अध्यक्ष पन्तले ध्यानाकर्षण गराए । भेटमा अध्यक्ष पन्तले दोश्रो एनआरएन विश्व ज्ञान सीप सम्मेलन आयोजना गर्ने जानकारी गराए ।

मन्त्री ज्ञवालीले संघले गर्दै आएका गतिविधीप्रति सरकार सकारात्मक रहेको बताए । मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा सरकार सकारात्मक भएको र यी विषयहरुलाई सम्बोधन गर्न सम्बन्धित निकायहरुमा पहल गर्ने आश्वासन दिए । मन्त्री ज्ञवालीले दोस्रो सम्मेलनका लागि सहकार्य गर्न सरकार तयार रहेको बताउँदै त्यसको तयारीमा जुट्न आग्रह समेत गरे ।

Publish on: