काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ८० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । संस्थापक सेयर खरिदबिक्रीका लागि साधारण जस्तो सजिलो हुँदैन ।
नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ लाख ५२ हजार ३७४ कित्ता सेयर खरिदबिक्री भएको छ । प्रतिकित्ता ३८४ को दरले सो सेयर खरिदबिक्री भएको हो ।
१० वटा कारोबारबाट सो सेयर खरिदबिक्री भएको छ । जसमा दुईवटा ठूला कारोबार ७५ हजार कित्ता सेयर खरिदबिक्रीमा ४७ नम्बर ब्रोक्रर बिक्री भएको छ भने ४१ नम्बर ब्रोक्ररबाट खरिद भएको छ । यस्तै ७५ हजार कित्ता सेयर खरिदबिक्रीमा ४७ नम्बर बिक्री भएको छ भने ४१ नम्बरबाट खरिद भएको छ । बाँकी सेयर ८ वटा ब्रोक्ररबाट कारोबार भएको छ । जुन सेयर भने प्रतिकित्ता ३८१ रुपैयाँको दरले खरिदबिक्री भएको छ ।
मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर प्रतिकित्ता ३८१ देखि ३८५ सम्ममा खरिदबिक्री भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकका संस्थापक लगानीकर्ताको परिवारभित्र नै सेयर नामसारी भएको हो ।
पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्दा सेयर मूल्य समेत घटेको छ ।
SHARE YOUR THOUGHTS