काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा पुरस्कृत भएको छ ।
बंगलादेशको ढाकामा आयोजित एक समारोहमा बैंकलाई साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोट अर्वाड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गर्भनेन्स डिस्क्लोजर्स–२०१८ बाट पुरस्कृत गरिएको हो ।
त्यसैग्री प्राइभेट सेक्टर बैंक्स विधामा बैंकले सर्टिफिकेट अफ मेरिट समेत प्राप्त गरेको छ । सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफालेले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको छ । साफाको यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो । साफाद्वारा बैंक लगातार ३ वर्ष देखि पुरस्कृत हुदै आएको छ ।
बैंकले सन् २०१५, २०१७ र २०१८ मा पनि विभिन्न अवार्ड प्राप्त गरेको थियो ।
बैंकले हाल ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS