काठमाडौं । प्रभुले बैंकले सर्लाही जिल्लाको मलंगवामा नयाँ शाखा खोलेको छ । यो बैंकको २०१औं शाखा हो ।
बैंकको मलंगवा शाखा कार्यालयको समुद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेका छन् ।
बैंकका मलंगवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको मलंगवा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा मलंगवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।
SHARE YOUR THOUGHTS