१२ % लाभांश दिएको एनबी बैंकले सीइओ ढुंगानाको तलब १२ लाखले बढायो « Eglish Khabarhub

१२ % लाभांश दिएको एनबी बैंकले सीइओ ढुंगानाको तलब १२ लाखले बढायो



काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको तलब/भत्ता एकवर्षमा १२ लाख रुपैयाँले बढेको छ । बैंकले गतवर्ष प्रमुख कार्यकारी अधिकृतको तलब/भत्तामा १ करोड ४१ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो वर्ष १ करोड २८ लाख थियो ।

बैंकले यो वर्ष प्रकाशन गरेको वार्षिक वित्तीय विवरणमा तलब/भत्ता बाहेक सीइओलाई दिएको सुविधामा बैंकको कति खर्च भयो त्यो खुलाएको छैन । बैंकले सीइओलाई तलब भत्ता बाहेक बोनस,वार्षिक उपचार खर्च,कर्मचारी संचय कोष लगायतका सुविधा दिन्छ । बैंकले सीइओ बाहेक उच्च कर्मचारीको तलब भत्तामा करिब १४ करोड रुपैयाँ खर्च गरेको छ । बैंकका सेयरधनीले १६ करोड ८० लाख रुपैयाँ लाभांश वापत बुझ्न बाँकी रहेको छ ।

बैंकले ७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत नगद लाभांश दिन गरी सोमबार साधारणसभा बोलाएको छ ।

Publish on: