काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई थप १५ प्रतिशत साधारण सेयर निष्कासन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले हिमालयन बैंकलाई पत्र पठाउदै १५ प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न निर्देशन दिएको हो ।
अहिले हिमालयन बैंकमा ८५ प्रतिशत संस्थापक सेयर छ भने १५ प्रतिशत सर्वसाधारणको सेयर छ । राष्ट्र बैंकको निर्देशनपछि १५ प्रतिशत स्वामित्व संस्थापकको घट्ने छ ।
हिमालयन बैंकमा संचालक समितिमा प्रतिनिधित्वको हिसाबले विवाद रहदै आएको थियो । पछिल्लो समय हिमालयन बैंकमा संस्थापक रहेको हबिब बैंकले आफ्नो २० प्रतिशत सेयर स्वामित्व बेलायतको सीडीसीलाई रोक्नको लागि अध्यक्ष मनोजबहादुर श्रेष्ठ तथा उनका भाई प्रचण्डबहादुर श्रेष्ठले दिएका थिएनन् ।
हिमालयन बैंकको सबैभन्दा ठूलो संस्थापक सेयर पाकिस्तानको हबिब बैंकको नाममा रहेको छ । हबिब बैंकको नाममा २० प्रतिशत सेयर स्वामित्व छ । यसबाहेक कर्मचारी संचय कोषको नाममा १४ प्रतिशत सेयर स्वामित्व छ ।
यसबाहेक ५१ प्रतिशत सेयर नेपाली व्यवसायीहरुको रहेको छ ।
राष्ट्र बैंकले दिएको निर्देशन अनुसार हिमालयन बैंकले थप १५ प्रतिशत साधारण सेयर जारी गनुपर्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन(बाफिया)मा बैंक तथा संस्थाले न्यूनतम ३० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई जारी गनुपर्ने व्यवस्था रहेको छ ।
SHARE YOUR THOUGHTS