विकास बैंक र फाइनान्सलाई पुस मसान्तसम्म ‘गोएएमएल’मा रजिष्टर्ड हुन राष्ट्र बैंकको निर्देशन « Eglish Khabarhub

विकास बैंक र फाइनान्सलाई पुस मसान्तसम्म ‘गोएएमएल’मा रजिष्टर्ड हुन राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पुस मसान्तसम्ममा अनिवार्य ‘गोएएमएल’मा रजिष्टर्ड भइसक्न मंगलबार निर्देशन दिएको छ ।

विकास बैंक र फाइनान्स कम्पनीमा २०७७ साउन १ गतेबाट गोएएमएल प्रणाली लागू गर्ने भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एकीकृत निर्देशका जारी गरी पुस मसान्तसम्म रजिष्टर्ड हुन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा हुने शंकास्पद कारोबार तथा क्रियाकलापको न्यूनिकरण गर्ने उद्देश्यले वित्तीय संस्थाले विद्युतीय माध्यमबाट बैंकहरुले आफ्नो कोर बैंकिङ सिस्टम वा अन्य कुनै विद्युतीय माध्यमबाट गोएएमएलमा रिपोर्टिङ गर्न निर्देशन दिएको हो ।

वाणिज्य बैंकहरुले भने माघ १ गतेदेखि गोएमएएलको प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको छ । सबै वाणिज्य बैंक सबै उक्त प्रणालीमा आबद्ध भइसकेका छन् ।

Publish on: