काठमाडौं । नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदमार मुद्दति निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज छ ।
हाल बैंकले विभिन्न ७ वटा मुद्दति निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले बचततर्फ सबैभन्दा बढी ५ र सबैभन्दा कम २ प्रतिशत ब्याज दिने जनाएको छ । हाल बैंकले २० वटा खाता सञ्चालनमा ल्याएको छ ।
बैंकको असोज मसान्तमा आधार दर ९.९४ प्रतिशत रहेको छ ।
बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १६.६९ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट रियल स्टेट लोन, ल्याण्ड लोन लिँदा १६.६९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
यस्तै सर्ट ट्रम लोन, सेयर धितोकर्जा लिँदा १५.९४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट शैक्षिक धितोकर्जा लिँदा १४.९४,होम लोन १५.४४, अटो, हायर पर्चेज लोन लिँदा १५.४४ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS