प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौँडा राख्ने नेकपाको निर्णय « Eglish Khabarhub

प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौँडा राख्ने नेकपाको निर्णय



काठमाडौं । संघीय राजधानी काठमाडौं समेत प्रदेश नम्बर ३ को नाम र राजधानी कहाँ राख्ने भन्नेमा लामो समयसम्म सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्को विवाद रहेको थियो ।

विवादका कारण प्रदेश सरकार स्थापना भएको २ वर्षसम्म पनि प्रदेशको नाम र राजधानी घोषणा गर्न नेकपालाई समस्या पर्दै आएको थियो ।

प्रदेशको नाम समेत राख्न नसक्नेले प्रदेशको के विकास गर्ला भन्ने चर्चा समेत चल्दै आएको थियो । लामो दबाबपछि नेकपाले संघीय राजधानी समेत समावेश भएको प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौँडा राख्ने निर्णय गरेको छ ।

आइतबार नेकपा सचिवालयको बैठकले प्रदेश नम्बर ३ को नाम र राजधानीबारे निर्णय गरेको हो । यसअघि प्रदेश नम्बर ३ को नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र बाग्मनीमध्ये कुन राख्ने भन्ने विवाद नेकपामा थियो ।

त्यस्तै, राजधानीको हकमा समेत काभ्रे, भक्तपुर र हेटौँडामध्ये कहाँ राख्ने भन्ने विषयमा कुरा मिलेको थिएन ।

Publish on: