काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै सोमबार बोलकबोल प्रक्रियामार्फत् उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जनाएको छ ।
जारी गरिने कूल २ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलमा ९१ दिनका लागि १० करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ रहेको छ । जसको बोलकबोल भने सोमबार अपरान्ह २ बजे हुने र सोको परिपक्कता मंगलबार गरिने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले बढीमा एक वर्ष वा सोभन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउने प्रयोजनका प्रयोग गरिने ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । ट्रेजरी बिल विशेष गरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार अवधिको निष्कासन गरिन्छ ।
हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा छैन । यी विभिन्न अवधिका ट्रेजरी बिल आवश्यकता अनुसार निष्कासन गरिन्छ । निष्काशन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ ।
सो ट्रेजरी बिलको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक तथा वित्त कम्पनी, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिकसहभागी हुन सक्छन् ।
SHARE YOUR THOUGHTS