जितपुरसिमरा उप-महानगरपालिकामा गरिमा विकास बैंकको शाखा शुरु « Eglish Khabarhub

जितपुरसिमरा उप-महानगरपालिकामा गरिमा विकास बैंकको शाखा शुरु




काठमाडौं । गरिमा विकास बैंकले जितपुरसिमरा उप–महानगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरेका छन् ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधा सहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्ने बताए । साथै उनले विकास बैंकले सदैव संस्थागत सुशासनलाई उच्च महत्व दिदैं अगाडि बढेको कारणले नैं देशको उत्कृष्ट विकास बैंकको रुपमा स्थापित हुन सफल भएको बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Publish on: