महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयलाई सहयोग « Eglish Khabarhub

महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयलाई सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखाले काठमाडौं महानग।पालिका –१ नक्सालमा अवस्थित नन्दी माध्यामिक विद्यालयलाई सहयोग गरेको छ ।

बैंकले विद्यार्थीको लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउने हेतुले बैंकले खेलकुद सामाग्री प्रदान गरेको जनाएको छ ।

त्यसैगरी, बैंकको तीनचुली शाखाले काठमाडौ महानगरपालिका –७ मा अवस्थित खगेन्द« नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालयलाई अपाङ्गता मैत्री फर्निचर हस्तान्तरण गरेको छ । अशक्त विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपाङ्गता मैत्री फर्निचर प्रदान गरेको हो ।

उक्त कार्यक्रमहरुमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, महालक्ष्मी बिकास बैंकका कर्मचारी, विद्यालयका संरक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Publish on: