काठमाडौँ — गृह मन्त्रालयले उखु किसानको पैसा नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले प्रहरी मुख्यालयलाई निर्देशन दिँदै किसानको पैसा नतिर्ने व्यापारीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो।
उखु किसानहरुले व्यापारीबाछ १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । उद्योगले दुईदेखि पाँच वर्षसम्मको भुक्तानी नदिएको उखु उत्पादक महासंघ र चिनी उद्योग संघले जानकारी दिएका छन् ।
पैसा नपाएपछि अहिलेक उखुँ किसानहरु आन्दोलनमा उत्रिएका छन् ।
SHARE YOUR THOUGHTS