कामना सेवा र एमएडब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सबीच सम्झौता « Eglish Khabarhub

कामना सेवा र एमएडब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सबीच सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र एमएडब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सबीच व्यापार सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार एमएडब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा फोटोन ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एमएडब्ल्यू भ्रिद्धी कमर्सियलको तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका छन् ।

हाल बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

Publish on: