काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोबार शुरु गरेको छ ।
काठमाडौं महानगरपालिकाको वडा नं. १६, ढुङ्गेधारास्थित ढुङ्गेधारा, नर्सरी चोक शाखाको पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले उदघाटन गरेका हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।
बैंकले हाल मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS