काठमाडौं । नेपाली काँग्रेसले तराई–मधेशका विभिन्न जिल्लामा उखु खेती गरिहेका कृषकहरुको आन्दोलनप्रति समर्थन जनाएको छ ।
कांग्रेस किसानको रकम भुक्तानी तत्काल दिलाउने प्रभावकारी पहलका लागि सरकार समक्ष माग गरेको छ । उखुको मूल्य पोहोरकै भाउ बमोजिम निर्धारण गर्न पनि भनेको छ ।
काँग्रेसले किसानलाई भुक्तानी दिलाउन समन्वय गर्ने र चिनी उद्योगीहरुको व्यवसायिक चुनौति हल गर्न पनि आवश्यक पहल गर्ने दायित्व सरकारको रहेको जनाएको छ ।
काँग्रेसले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्णको जग्गाको विषयमा पनि बोलेको छ । विगतमै न्यून मूल्यमा लिजमा दिइएको र लामो समयावधि बाँकी छँदै नवीकरण गरिएको विषयमा कांग्रेसले असहमति जनाएका छ ।
कांग्रेस यो निर्णय फिर्ता लिन सरकार समक्ष आग्रह गर्दै गोकर्ण, दरवारमार्ग, ताहाचल लगायत अन्य सबै विवादास्पद प्रकरणको पृष्ठभूमिदेखि कै गम्भीर छानविन र कार्बाहीका लागि सम्बन्धित निकायहरु समक्ष माग गरेको छ ।
यथार्थ तथ्य भन्दा बाहिर गएर जो कोहिलाई आरोपित गरेर सत्यलाई विषयान्तर नगर्न पनि कांग्रेस आग्रह गरेको छ ।
प्रतिक्रिया