काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेवामा थप विस्तार गर्दै बर्दिबास नगरपालिका – ३, पाटु, महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका – ३ का अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले संयुक्त रmपमा उक्त सेवाको उदघाटन गरेका छन् । उक्त शाखारहित बैंकिङ्गको प्रतिनिधीमा गंगा बहादुर कार्कीलाई चयन भएका छन् ।
उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया