इक्यान अध्यक्षमा प्रकाश पान्डे सर्वसम्मत


काठमाडौं
लामो समयको रस्साकस्सीपछि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डेको नाममा सहमती जुटेको

साधारणसभा हुनुभन्दा एकदिन अघी शुक्रबार साँझ सहमति भएको इक्यान अध्यक्ष विष्णुहरि पान्डेले क्लिकमाण्डलाई जानकारी दिए

लामो बैठकपछि सहमति भए अनुसार प्रथम उपाध्यक्षमा राजेन्द्र रिजाल, द्वितिय उपाध्यक्षमा देवीदास भट्टराई, तृतिय उपाध्यक्षमा शेषराज भट्टराईको नाममा सहमति भएको हो

सचिवमा बासुदेव दाहाल र एन्ड्रयु पौडेल तथा कोषाध्यक्षमा भरत रेग्मी बिके श्रेष्ठलाई बनाउनेमा सहमति भएको हो । 

त्यस्तै सदस्यहरुमा  सुस्मा आचार्य, रत्न रेग्मी,  कर्ण गुरुङ, पुष्यराज भट्टराई र भवनाथ हुमागाइको नाममा सहमती जुटोको छ ।

शनिबार हुने इक्यानको साधारणसभाले सर्वसम्मत भएको निर्णयलाई पारित गर्नेछ ।