काठमाडौं । भारतले नेपालमा हुने प्याज निर्यातमा खुकुलो गरेपछि प्याजको मूल्य घट्न थालेको छ । कालिमाटी तरकारी बजारमा आइतबार थोकमा प्रतिकेजी १०५ र खुद्रामा प्रतिकेजी १४० रुपैयाँमा बिक्री भइरहेको छ ।
भारतले नेपालतर्फको प्याज निर्यातमा खुकुलो गराएको र भारतीय बजारमै प्याजको मूल्य सस्तो हुन थालेपछि नेपाली बजारमा पनि प्याजको भाउ सस्तो भएको हो ।
अहिले नेपालमा दैनिक ५० टन प्याज आयात भइरहेको छ । जसमध्ये ३० टन प्याज काठमाडौंमा आइरहेको छ ।
भारतमा प्याजको उत्पादनमा कमी आएसँगै नेपालतर्फ हुने निर्यातमा रोक लगाएको थियो भने भारतले अफगानिस्तान, टर्की, इजिप्टलगायतका देशबाट १ लाख टन प्याज ल्याउने निर्णय गरेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार आगामी १५ दिनमा प्याजको भाउ भारतीय बजारमा अझ घट्ने आँकलन गरिएको छ ।
SHARE YOUR THOUGHTS