काठमाडौं । विभिन्न कम्पनीमार्फत् भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोपमा रुपन्देहीका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
रुपन्देहीको सम्मरीमाइका श्रुति ट्रेडर्स सञ्चालक आशीष गुप्तासमेत दुई जनालाई भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४९ करोड ६५ लाख बिगो कायम गरी आइतबार रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
उनीहरु विरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। अभियुक्त गुप्ता र श्रुति ट्रेडर्सका मुख्य कारोवारी सन्नी गुप्ताले न्यून बिजकीकरण गर्ने, बिक्री बिलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरिदको लागत देखाउने र मालवस्तु बिना बिल र बिजक बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको छ । यस्तै मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा नदेखिएको समेत विभागले जनाएको छ ।
SHARE YOUR THOUGHTS