काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गर्नको एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
प्रति कित्ता एक सय रुपैयाँका दरले ८ करोड कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ ।
सेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै ठुलो सार्वजनिक निष्काशन हुनेछ । बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ हुनेछ ।
मुलुक भित्र तथा मुलुक बाहिरबाट दिर्घकालिन श्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकसँग जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्दै जाने योजना रहेको छ ।
SHARE YOUR THOUGHTS