सप्लाइ कम भएको ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य बढ्छ कि घट्छ ? (प्राविधिक विश्लेषण) « Eglish Khabarhub

सप्लाइ कम भएको ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य बढ्छ कि घट्छ ? (प्राविधिक विश्लेषण)



ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो त्रैमासको वित्तिय विवरणमा अघिल्लो वर्ष भन्दा ३०१ प्रतिशत अर्थात ५ करोड ९१ लाख ५ हजार रुपैयाँ वृद्धि गरि ७ करोड ८७ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ९६ लाख ७ हजार खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र अन्य सञ्चालन मुनाफा बढेसँगै खुद नाफा उल्लेख्य बढेको हो ।

खुद ब्याज आम्दानी ९ करोड १९ लाख ११ हजार रुपैयाँ बढेर १४ करोड ३७ लाख ५८ हजार पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ९ करोड ४५ लाख ९० हजार रुपैयाँ बढेर १२ करोड ३६ लाख ९१ हजार पुगेको छ । कर्मचारी खर्च तथा अन्य संचालन खर्च भने क्रमश ६०.८७ प्रतिशत तथा ६.३५ प्रतिशतले बढेर ६ करोड १५ लाख तथा १ करोड २७ लाख रुपैंया पुगेको छ । लघुवित्तले पुस मसान्तसम्ममा १ करोड ६९ लाख ५१ हजार रुपैयाँ खराब कर्जाको व्यवस्थाबापत छुट्याएको छ भने गत वर्षको सोहि अवधिमा १ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

२५ करोड ९५ लाख ७५ हजार चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १३ करोड १० लाख १९ हजार बढेर १६ करोड ६० लाख ६५ हजार पुगेको छ । लघुवित्तले १ अर्ब २० करोड ८७ लाख निक्षेप र ३ अर्ब ५ करोड ९९ लाख सापटीबाट कूल ४ अर्ब ५ करोड ९४ लाख कर्जा प्रवाह गरेको छ । लघुवित्तको निष्क्रिय कर्जा गत आवको पुस मसान्तको तुलनामा ०.४६ प्रतिशतविन्दु बढेर ०.९९ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ९८ पैसा तथा मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ ।

ग्लोबल आइएमई लघुवित्तको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.८४ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस शेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ नगद वितरण गर्नेछ । २२ करोड ९ लाख १५ हजार चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँ पूँजी कायम भएको छ । यसैगरि लघुवित्तले पूँजी वृद्धिका लागि बोनस पश्चात कायम हुने २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँ पूँजीको एक बराबर एक अनुपात अर्थात् शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्ता पूँजी ५१ करोड नाघ्नेछ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच वर्षको वित्तिय विवरण

फ्लोरसिट

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको जनवरी महिना भरि कारोवार फ्लोरसिटबाट हेर्दा खरिदमा ब्रोकर न ३४, ४४, ३८ ,२२ तथा १३ विक्रीमा ब्रोकर न ३८ , ४४, ३४, ४९ तथा ६ न ब्रोकरबाट सबैं भन्दा बढी कारोवार भएको देखिन्छ । त्यस्तै बजार मूल्य १२८४ , ८०० तथा ७५० को तहमा ६ हजार देखि ३ हजार कित्ता शेयर कारोवार भएको छ ।

प्राविधिक विलेषण

मैनबती आकृति विश्लेषण
बिहिवार कारोवार बन्द हुँदा लामो आकारको बुलिस मैनबत्ति बनेको छ,जसमा माथिल्लो भागमा मात्र स्याडो छ । यसले खरिदकर्ताको उच्च खरिदकर्ताको न्युन मानोबल रहेको संकेत गर्दछ । त्यसको वावजुत पनि माथिल्लो भागको स्याडोले कारोवारको अन्त्यमा बिक्रिकर्ता चाप बढेको संकेत गर्दछ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स ( आरएसआई )

साताको अन्तिम दिन कारोवार बन्द हुँदा आर.एस.आई ९२ दशमलव ७७ बाट ७३ दशमलव ६१ स्केल आएको छ । आरएसआई लगातार ९२ स्केल भन्दा माथिबाट फर्केको अवस्थामा सुधारको संकेत हुने गर्दछ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति ९ट्रेण्ड० देखाउने गर्छ । माइक्रोफाइनान्सले जनवरी महिनाको सुरुवातमा एमएसिडी र सिग्नल बुलिस क्रश भएको थियो । यहि प्रकियाले निरन्तरताले लघुवित्तले करिव १४५० सम्म पुग्यो । यदपि साता एमएसीडीमा केहि झुकाउ आएको छ। हिस्टोग्राम पनि मोमेन्टोम गुमाउदै गएको देखिन्छ ।

बोलिंजर ब्याण्ड
बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । लघुवित्तको चार्ट हर्दा मुल्यले माथिल्लो ब्याण्डलाई छेडेर माथि गएकोमा यस यस साता पुन ब्याण्डमा प्रवेश गरेको छ । बोलिंजर ब्याण्डको सिधान्त अनुसार मूल्य घटेर मध्ये ब्याण्डसम्म आउने सम्भावना हुन्छ ।

ए टी आर
एभरेज त्रुउ एभरेजलाई कम्पनीको उतारचढाव अर्थात् भोलटिलिटी मापन गर्दछ । बिहिवार कारोवार बन्द हुँदा ७२.१५ पुगेको छ ।

निस्कर्ष
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अधिकांश सूचकहरुमा उल्लेख्य सुधार गरेको छ । यस त्रैमासमा नाफा ३०१.४४५ ले बढेर ७ करोड ८७ लाख १२ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १७७.२७ प्रतिसत र ३२५.०४ प्रतिसत बढाउन सफल भएको छ । प्रतिशेयर आम्दानी १९० प्रतिशतले वृद्धि गरि २०.८८ रुपैंयाबाट ६०.६५ पुर्याउन सफल छ । ब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा आकर्षक वृद्धि भएसँगै खुद नाफा ह्वात्तै माथि जान सकेको हो । जोखिम व्यवस्था कोषमा रकम बढेसंगै निस्क्रिय कर्जा ०.४६ प्रतिसतले बढेको छ । त्यस्तै कस्ट अफ फण्ड ०.२१ ले बढेर १०.१६ पुगेको छ ।

बिहीबार कारोबार बन्द हुँदा लामो स्याडो सहित बुलिस मैनबत्ति बनेको छ । जसमा माथिल्लो भागमा मात्र स्याडो छ । आर.एस.आई ९२ दशमलव ७७ बाट ७३ दशमलव ६१ स्केल आएको छ । एमएसिडी र सिग्नल बुलिस क्रश यस साता निरन्तरता पाएको छ । बोलिंजर ब्याण्ड माथिल्लो ब्याण्डलाई छेडेर माथिबाट पुन ब्याण्ड भित्र आएको छ। एटीआरले उतारचढाव आउने सम्भावना देखाउछ । यी सबै परिसूचकले बुलिश मोमेंटम देखेता पनि करेक्सन सम्भावना रहेको देखिन्छ ।ग्लोबल आइएमई लघुवित्तको ३० दिने औसत कारोवार भोलुम ३५५८ कित्ता बराबरको कारोवार भएको देखिन्छ । ग्लोबल लघुवित्त लिकुइड स्टक नभएकोले ठुलो कित्ता खरिद गर्दा बिक्रि गर्न गाहो हुने गर्दछ ।

तथ्यांकको आधारमा गरिएको प्राविधिक विश्लेषणको आधारमा गरिने लगानीको लाभहानीको जिम्मेवार क्लिकमाण्डू हुने छैन

Publish on: